गगनप्रति कांग्रेस प्रवक्ताको आक्रोश : अभिभावकमाथि आक्रमण हुँदा उपचार पनि पर्खन नसक्ने ? « Khabarhub

गगनप्रति कांग्रेस प्रवक्ताको आक्रोश : अभिभावकमाथि आक्रमण हुँदा उपचार पनि पर्खन नसक्ने ?


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महामन्त्री गगन थापाको टिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार बिहान आफ्नो जलेको घर महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने आवाज सामाजिक सञ्जाल र पार्टी बैठकमा महामन्त्री थापाले उठाएकोप्रति आपत्ति जनाउँदै महतले यस्तो बताएका हुन् ।

महतले थापाको नाम नलिइ आक्रोश व्यक्त गर्दै भने, ‘अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पर्खन सक्दैनौँ ?’ उनले अघिल्लो दिनसम्म ठिक हुने तर भोलिपल्ट हुँदैन भन्नु गलत भएको बताए । उनले देउवाको स्वास्थ्य अवस्था बुझ्न आफू आज अस्पताल जाने जानकारीसमेत गराए ।

त्यसैगरी पत्रकार सम्मेलनमा नेता महतले अन्तरिम सरकार संविधानसम्म्त बन्न नसकेको टिप्पणी गरेका छन् । उनले संसदबाट सरकार बनाउने बाटो हुँदाहुँदै त्यो हुन नसक्नु दुभाग्र्य भएको बताए ।

महतले भनेका छन्, ‘अन्तरिम सरकार बनेको छ । त्यसलाई संविधानसम्मत बनाउन सकिन्थ्यो । तर दुर्भाग्यवश त्यो हुन सकेन । त्यसलाई संसदमार्फत् नै अनुमोदन गराउन सकिन्थ्यो, त्यो भएन ।’ पछिल्लो समयको आन्दोलन र राजनीतिक घटनाक्रमलाई नेता महतले लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमणको संज्ञा दिएका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गोली चलेकोप्रति उनले आपत्ति जनाएका छन् ।

उनले नयाँ परिस्थितिबारे पार्टीमा नयाँ मन्थन हुने बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : २२ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप