देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, बीपी राजमार्ग रातिको समयमा बन्द रहने « Khabarhub

देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, बीपी राजमार्ग रातिको समयमा बन्द रहने


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट ढुङ्गा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, म्याग्दी बेनी–दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहान म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ खण्डमा माथिबाट लेदो, माटोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

चितवनको मुग्लिङ–नारायणगढ खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असोज ३ गते साँझ चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो खसेको थियो । उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या भइरहेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।

‘उक्त खण्डमा पटकपटक पहिरो जाने समस्या छ । शुक्रदेखि निरन्तर खसेको पहिरो पन्छाउने क्रम जारी रहेकाले आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयासमा छौँ । माथिबाट पहिरो खस्न पनि रोकिएको छैन’, उनले भने ।

बाढीका कारण रसुवास्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा बाढी आइरहेकाले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।

त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थितमा जाजरकोट–डोल्पा खण्ड (भेरी करिडोर) अवरुद्ध रहेको प्रहरीले जनाएको छ । भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध रहेको प्रवक्ता घिमिरेले बताए ।

बीपी राजमार्ग रातिको समयमा बन्द रहने
मनसुन सक्रिय रहेकाले विपद्को घटना हुन नदिनका लागि बीपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ । अर्को सूचना नआएसम्म प्रत्येक दिन राति ८ देखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो । अन्य निजी सवारीसाधन सञ्चालन रहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ३८ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका