विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या  « Khabarhub

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौँ र डिमेन्सियाबारे सोधौँँ’ भन्ने नाराका साथ  विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदै छ ।  

अल्जाइमर मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको बिर्सने समस्या हो । नेपालमा ५० वर्ष मुनिकामा पनि तनाव र डिप्रेसन लगायतका विभिन्न कारणले डिमेन्सिया देखिन थालेको अध्ययनहरूले देखाएका छन्। मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ ।

यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केही बेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर हुने डिमेन्सिया विशेषज्ञ प्राध्यापक डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

यो रोगको बारेमा न्यूरोपेथोलोजिष्ट अलोइस् अल्जाइमरले सन् १९०५ मा पत्ता लगाउनुभएको थियो ।यो बिर्सिने रोग अर्थात् विस्मृति रोगलाई उहाँकै नाममा ‘अल्जाइमर रोग’ भन्न थालिएको हो ।अल्जाइमर र डिमेन्सिया भएकाको सरकारी तथा अर्धसरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ । सरकारले यो समस्या भएकालाई दुई लाख रुपैयाँसम्मको उपचार खर्च दिने गरेको छ ।

नेपालमा तीन लाख मानिसमा अल्जाइमर अर्थात् बिर्सने रोग हुनसक्ने अनुमान गरिएको छ ।अल्जाइमर निको नहुने रोग भए पनि यसको असरलाई कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा पाँच करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने हरेक वर्ष एक करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : २१ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण