विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या  « Khabarhub

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौँ र डिमेन्सियाबारे सोधौँँ’ भन्ने नाराका साथ  विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदै छ ।  

अल्जाइमर मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको बिर्सने समस्या हो । नेपालमा ५० वर्ष मुनिकामा पनि तनाव र डिप्रेसन लगायतका विभिन्न कारणले डिमेन्सिया देखिन थालेको अध्ययनहरूले देखाएका छन्। मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ ।

यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केही बेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर हुने डिमेन्सिया विशेषज्ञ प्राध्यापक डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

यो रोगको बारेमा न्यूरोपेथोलोजिष्ट अलोइस् अल्जाइमरले सन् १९०५ मा पत्ता लगाउनुभएको थियो ।यो बिर्सिने रोग अर्थात् विस्मृति रोगलाई उहाँकै नाममा ‘अल्जाइमर रोग’ भन्न थालिएको हो ।अल्जाइमर र डिमेन्सिया भएकाको सरकारी तथा अर्धसरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ । सरकारले यो समस्या भएकालाई दुई लाख रुपैयाँसम्मको उपचार खर्च दिने गरेको छ ।

नेपालमा तीन लाख मानिसमा अल्जाइमर अर्थात् बिर्सने रोग हुनसक्ने अनुमान गरिएको छ ।अल्जाइमर निको नहुने रोग भए पनि यसको असरलाई कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा पाँच करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने हरेक वर्ष एक करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै