पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन « Khabarhub

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी भन्सार राजस्व संकलन भएको छ । भन्सार विभागकाअनुसार भदौको ३० गतेबाट सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला) नाकाबाट असोज ४ गतेसम्म ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ भन्सार राजस्व संकलन भएको हो ।

असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीको कारण रसुवा भन्सार कार्यालय बन्द भएर चीनतर्फको आयात निर्यात प्रभावित भएको थियो ।

भदौ ३० गतेबाट सञ्चालनमा ल्याइएको भन्सार नाकाबाट पछिल्लो पाँच दिनमा २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधन आयात भएको विभागले जनाएको छ ।

विभागले मुस्ताङ नाकामा आशिकुडा प्रणाली समेत सञ्चालन भइसकेको जनाएको छ भने र नेपाल राष्ट्र बैंकले पनि परिपत्र जारी गरेर सो नाकाबाट प्रतितपत्र जारी गरेर सामान आयात गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क