‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’ « Khabarhub

‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले आइतबार आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेन-जीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाए  ।

‘संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि यसलाई अझै संविधानसम्मत बनाउन सकिन्थ्यो, त्यसमा त्रुटि भएको छ,’ प्रवक्ता डा महतले भने ।

वर्तमान अवस्थाबारे पार्टीभित्र गम्भीर छलफल र बहस हुने उनले बताए । चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जन निर्वाचित सरकार जरुरी रहेको प्रवक्ता डा महतको भनाइ थियो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन र व्यक्तिका घर तथा व्यवसायमा आगजनी गरिनु दुःखद र निन्दनीय कार्य भएको उनले बताए ।

‘लोकतन्त्र, नागरिक अधिकार र देशको प्रगतिमा ईश्या गर्ने शक्तिबाट यस्तो काम भएको छ, यसको घोर निन्दा गर्दछु,’ प्रवक्ता डा महतले भने । 

उनले राजनीतिक दलका सबै नेता भ्रष्ट हुन् भन्ने भाष्य गलत भएको बताए । लोकतन्त्र प्राप्तिको लडाइँमा लामो समय लड्ने व्यक्ति कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि भएको आक्रमणप्रति उनले दुःख व्यक्त गरे ।

उनले पछिल्लो घटना तथा पार्टीको महाधिवेशनका बारेमा सन्तुलित, संयमित र सघन रूपमा छलफल गरेर निष्कर्षमा पुगिने उल्लेख गरे ।  रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ०६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको