ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन « Khabarhub

ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताए ।

उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सबै लाग्नुपर्ने उल्लेख गरे । सबै मन्त्रालय र सचिवहरूलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन कार्यान्वयन गर्न भनिएको उनले बताए ।

मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पूरा नगर्ने निर्माण कम्पनीहरूसँग सम्झौता तोड्ने स्पष्ट पारेका छन् ।

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेन-जी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थितिबारे कुराकानी भएको बताए ।

उनले रुग्न योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए । त्यस्तै भ्रष्टाचार व्याप्त हुने क्षेत्र उपभोक्ता समिति भएकाले त्यसलाई खारेज गर्न समेत सुझाव दिएको उनले बताए ।

निर्माण उद्योग लगायत मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन देखिएका समस्या वर्तमान सरकारले अन्त्य गर्ने विश्वास जनाए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ५५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण