जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति « Khabarhub

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण भने हालसम्म सङ्कलन हुन सकेको छैन । 

गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रदर्शनका क्रममा कांग्रेसको पार्टी कार्यालयमा ६५ हजार रुपैयाँ नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयमा रहेको सहिद प्रतिष्ठानमा करिब ९९ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको प्रजिअ पौडेलले जानकारी दिए । 

‘जिल्ला कारागार कार्यालयमा दुई वटा सिसी क्यामेरासहित करिब ५१ हजार ५०० रुपैयाँ बराबरको क्षति पुगेको छ । गोकुलेश्वर अस्पतालमा क्षति पुर्‍याए पनि कति लागत बराबर क्षति पुग्यो भनेर विवरण पेस भएको छैन’, उनले भने ।

गत भदौ २६ गते दुहुँ गाउँपालिका–३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुगेको छ । वडा कार्यालयमा ७२ लाख छ हजार ७०० रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका–२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो । प्रजिअ पौडेलका अनुसार तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण सामान नष्ट गरिए पनि क्षतिको रकम खुलाइएको छैन । 

लेकम गाउँपालिका–५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेका प्रशासनले जनाएको छ । प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उनले उल्लेख गरे । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ३९ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,