प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ « Khabarhub

प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बोलेका छन् । पार्टी पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्ममा गर्ने प्रस्ताव गरेका छन् । 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मङ्सिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलको भनाइ छ । 

प्रचण्डको प्रस्तावमा केन्द्रदेखि तल्लो स्तरसम्मको सबै समितिहरू भङ्ग गर्ने समेत भनिएको छ ।  प्रचण्डले बैठकमा जेन-जी आन्दोलन र यसले उठाएका प्रश्नहरूको विषयमा पनि कुरा गरेका थिए । 

पछिल्लो समय ठूला दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलेपछि प्रचण्ड गलेको देखिन्छ । 

विशेष महाधिवेशनको माग गर्दै पार्टी उपमहासचिव जनार्दन शर्मा ,सचिव राम कार्की लगायतले चर्को आवाज उठाइरहेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ०८ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका