प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ « Khabarhub

प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बोलेका छन् । पार्टी पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्ममा गर्ने प्रस्ताव गरेका छन् । 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मङ्सिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलको भनाइ छ । 

प्रचण्डको प्रस्तावमा केन्द्रदेखि तल्लो स्तरसम्मको सबै समितिहरू भङ्ग गर्ने समेत भनिएको छ ।  प्रचण्डले बैठकमा जेन-जी आन्दोलन र यसले उठाएका प्रश्नहरूको विषयमा पनि कुरा गरेका थिए । 

पछिल्लो समय ठूला दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलेपछि प्रचण्ड गलेको देखिन्छ । 

विशेष महाधिवेशनको माग गर्दै पार्टी उपमहासचिव जनार्दन शर्मा ,सचिव राम कार्की लगायतले चर्को आवाज उठाइरहेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ०८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको