जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु « Khabarhub

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू आजदेखि सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने र सविन महतोलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गरी सेवा प्रारम्भ गरेका हुन्  । 

उनले भने, ‘प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ । हामी उठ्यौँ, उठेर सबै जुट्यौँ, जसका कारण सेवा प्रारम्भ अन्य जिल्लाको भन्दा चाँडो गर्न सक्यौँ ।’

जेन-जी प्रदर्शनका क्रममा आगलागी गरिएका भवनको सरसफाइ गरेर सीमित कोठाबाट सेवा प्रवाह गरिएको उनले जानकारी दिए। योसँगै केही दिनभित्र राष्ट्रिय परिचयपत्रको कामसमेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

यसैबीच सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले आगलागीबाट जिल्लाका सरकारी कार्यालयमा भएको क्षतिको निरीक्षण गर्नुका साथै भवनहरूको अवस्थाबारे अध्ययन सुरु गरेको छ । जिल्लामा रहेका सरकारी कार्यालय कतिमा काम गर्न सक्ने अवस्था छ वा छैन भन्ने बारेमा जानकारी लिँदै यसको लागत सङ्कलन तयार पारिने कार्यालयका प्रमुख झपटबहादुर कार्कीले बताए ।

कार्यालयले अध्ययनसँगै प्रत्येक कार्यालयमा तीनवटा स्टिकर टाँस गर्नेछ । रातो, पहेँलो र हरियो रङका स्टिकर टाँस गरिने उनले बताए । 

रातो रङको स्टिकर टाँस गरिएको भवनमा काम गर्न नसकिने, पहेँलो टाँस गरिएका ठाउँमा मर्मत गरेर काम गर्नुपर्ने र हरियो टाँस गरिएका ठाउँमा काम गर्न सकिने भन्ने हुन्छ । उनले भने, ‘प्रदर्शनका क्रममा क्षति भएका भवनहरूको वास्तविक विवरण सङ्कलन गरेर विभागमा पठाइने छ ।’

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ३१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको