कानुनमन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा « Khabarhub

कानुनमन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन् । यसअघि कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्यालले नै हेरिरहेका थिए ।

सिन्हा २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएर ६५ वर्षे उमेर हदले २०८० १४ कात्तिकमा अवकाशमा गएका थिए ।

२०३९ सालमा नेपाल ल क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि उनले वकालत पेशा थालेका थिए । सिन्हा सर्वोच्च अदालतमा न्यायाधीश हुनुअघि वरिष्ठ अधिवक्ता थिए । उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ कानुन व्यवसायीका रुपमा परिचित छन् ।

उनले सर्वोच्च अदालतमा ७ वर्ष बिताए । उनले त्यहाँ रहँदा संवैधानिक, फौजदारी र वाणिज्यसम्बन्धी मुद्दा निरुपणमा ठूलो भूमिका खेलेका थिए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभाको पहिलो विघटन, कर फर्छ्यौट आयोगसम्बन्धी विवाद निरुपणमा ठूलो भूमिका खेलेका थिए ।

त्यसैगरी बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अनुसन्धानको ढोका खोल्ने गरी सर्वोच्चको इजलासबाट फैसला हुँदा उनी पनि सदस्य थिए

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : १७ बजे

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका