चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने  « Khabarhub

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने  भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्ने भएका हुन् । 

स्पेनको क्यान फ्रान्कमा हुने  प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुदैछ । भिसाका कारण पुरा टिम सहभागी  हुन नपाएपनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको  प्रतिनिधित्व गर्न लागेका हुन् । 

नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरियताका समेत एक नम्बरका  खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी  खेलाडी हुन् । चारै जना खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको ईभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम म्यानेजर प्रीति खत्रीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताइन् । ‘मुख्य  मापदण्डको रूपमा आईटीआरए  र्‍याङकिङलाई प्राथमिकता दिइएको छ, छनोट प्रक्रिया जर्मनी सहित  अन्य सहभागी देशहरूसँग मेल खान्छ, जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा  बढी आईटीआरए स्कोर आवश्यक थियो, जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन्,’ खत्रीले भनिन्, ‘हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्याङकिङका आधारमा आफ्नो  स्थान सुरक्षित गरेका हुन् ।’

संघका अध्यक्ष यकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै  नेपालीका लागि गर्वको विषय रहेको बताए । ‘

फरक खेल विधाको रूपमा एडभेन्चर रनिङबाट नेपाली  खेलाडीहरुले पुन विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दैछन्’, अध्यक्ष कुँवरले  भने, ‘नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रदर्शनलाई सहयोग गर्न  आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तर्राष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको छ ।’

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको