पर्सामा फेरी बढ्दै हैजा, एकैदिन थपिए २७ जना बिरामी  | Khabarhub Khabarhub

पर्सामा फेरी बढ्दै हैजा, एकैदिन थपिए २७ जना बिरामी 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा फेरी झाडापखाला तथा हैजाका बिरामी बढ्न थालेका छन् ।
 
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबार मात्र वीरगञ्ज महानगर र पोखरिया नगरपालिकाका विभिन्न क्षेत्रमा गरी २७ जनामा झाडापखाला तथा शंकास्पद हैजाको संक्रमण देखिएको छ ।

बिरामीमध्ये ४ जनामा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साका सुचना अधिकारी धनिसिंह ठकुरीले बताए । 

उनका अनुसार गत एक महिनामा पर्सामा मात्रै १ हजार ४५१ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामी अस्पताल भर्ना भएका थिए । तीमध्ये १ हजार ४२१ जना उपचारपछि घर फर्किएका छन् भने हाल ३० जना विभिन्न अस्पतालमा उपचाररत छन् । 

यस अवधिमा २३७ जनामा हैजा पुष्टि भएकोमा २३३ जना निको भइसकेका छन् ।  ४ जनाको उपचार जारी रहेको उनले बताए । भदौ ६ गते वीरगञ्ज–१२ मुरलीमा पहिलोपटक पुष्टी भएको हैजाको स्रोत भने अझै पत्ता लाग्न नसकेको सुचना अधिकारी ठकुरीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : २२ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार