पर्सामा फेरी बढ्दै हैजा, एकैदिन थपिए २७ जना बिरामी  « Khabarhub

पर्सामा फेरी बढ्दै हैजा, एकैदिन थपिए २७ जना बिरामी 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा फेरी झाडापखाला तथा हैजाका बिरामी बढ्न थालेका छन् ।
 
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबार मात्र वीरगञ्ज महानगर र पोखरिया नगरपालिकाका विभिन्न क्षेत्रमा गरी २७ जनामा झाडापखाला तथा शंकास्पद हैजाको संक्रमण देखिएको छ ।

बिरामीमध्ये ४ जनामा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साका सुचना अधिकारी धनिसिंह ठकुरीले बताए । 

उनका अनुसार गत एक महिनामा पर्सामा मात्रै १ हजार ४५१ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामी अस्पताल भर्ना भएका थिए । तीमध्ये १ हजार ४२१ जना उपचारपछि घर फर्किएका छन् भने हाल ३० जना विभिन्न अस्पतालमा उपचाररत छन् । 

यस अवधिमा २३७ जनामा हैजा पुष्टि भएकोमा २३३ जना निको भइसकेका छन् ।  ४ जनाको उपचार जारी रहेको उनले बताए । भदौ ६ गते वीरगञ्ज–१२ मुरलीमा पहिलोपटक पुष्टी भएको हैजाको स्रोत भने अझै पत्ता लाग्न नसकेको सुचना अधिकारी ठकुरीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : २२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै