जेन-जी आन्दोलनमा जलेका १२ जनाको कंकाल भएन सनाखत, परीक्षण गर्नै समस्या | Khabarhub Khabarhub

जेन-जी आन्दोलनमा जलेका १२ जनाको कंकाल भएन सनाखत, परीक्षण गर्नै समस्या


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन क्रममा मृत्यु भएका ६२ जनाको शव आफन्तहरूलाई बुझाइएको छ । 

देशभर ७४ जनाको मृत्यु भएकोमा १२ जनाको अझै सनाखत हुन सकेको छैन । काठमाडौंमा मृत्यु भएका ७, सुनसरी ४ र मोरङमा १ जना गरी १२ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

उनीहरूको सनाखतका लागि नेपाल प्रहरीका देशभरका शाखा मार्फत सूचना जारी गरिसकिएको प्रहरी नायव महानिरीक्षक एवम प्रवक्ता विनोद घिमिरेले बताए । उनका अनुसार मोबाइलको लोकेशन लगायत विभिन्न प्रविधिमार्फत सनाखत गर्ने काम भइरहेको छ । 

शिक्षण अस्पतालमा ७ जनाको भएन सनाखत

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४७ शवमध्ये ३९ जनाको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । बाँकी ७ जनाको शव पुरै जलेर कंकाल मात्रै बाँकी रहेकाले परीक्षण गर्न कठिनाइ भइरहेको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले बताए । 

उनका अनुसार ती ७ जनाको शव पूर्ण रूपमा जलिसकेकाले नमुना लिई डिएनए परीक्षण गर्नुपर्ने हुन्छ । डीएनएमा सही परिणाम आउने सम्भावना एकदमै कम रहेको डा. चौधरी बताउँछन् । के कसरी जाँच गर्ने भन्ने विषय प्रोसेसमै रहेको उनले बताए । 

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा जलेर मृत्यु भएर परीक्षणका लागि टिचिङमै ल्याइएको १ जनाको शवको भने सनाखत भएको प्रहरीले जनाएको छ । उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको भएको पुष्टि भएको प्रहरीको भनाई छ । 

प्रवक्ता घिमिरेका अनुसार मोबाइलको कल रेकर्ड र लोकेशनका आधारमा उक्त शवको सनाखत गरी परिवारको जिम्मा लगाइएको छ । 

त्यस्तै पाटन अस्पतालमा ल्याईएका २ जनाको पनि शव परीक्षण गरी जिम्मा लगाइएको छ । 

१ सय ५३ घाईते उपचाररत 

आन्दोलनका क्रममा घाइते भएका १ सय ५३ जनाको देशभरका २९ अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सवैभन्दा धेरै ट्रमा सेन्टरमा २९, शिक्षण अस्पताल १७, केएमसी १४, नेपाल प्रहरी अस्पताल १२ लगायत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरी ९७र उपत्यका बाहिर ५६ जनाको उपचार भइहरको छ । 

२ हजार ३ सय १६ जना घाइते भएकोमा २ हजार १ जना उपचारपछि घर फर्किसकेका छन् भने ८४ जनालाई विशेषज्ञ सेवाका लागि अन्य अस्पतालमा रेफर गरिएको मन्त्रालयले जनाएको छ । 

आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिने सरकारले घोषणा गरेको छ । 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ३८ बजे

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

एजेन्सी– भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा

‘म कहिल्यै बिग्रिएको छैन, लहैलहैमा लागेर बिग्रेकाहरू सप्रियुन्’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’(एनएफसी) प्रविधिमा आधारित

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट