मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य « Khabarhub

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी मीनबहादुर गुरुङलाई साथ दिन व्यवसायीहरूको एउटा टोली नक्सालस्थित भाटभटेनी पुगेको छ।

आइतबार इन्टरनेशनल चेम्बर अफ कमर्श नेपालका सदस्यहरूले नक्सालस्थित जेन-जीका नाममा जलाएर ध्वस्त पारिएको भाटभटेनी सुपरस्टोर अवलोकन गर्दै मीनबहादुरलाई साथ दिए ।

चेम्बर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्षतिग्रस्त भौतिक संरचना उठाउँदै व्यापार व्यवसाय चलायमान बनाउन एकतावद्ध भएर लाग्नुपर्ने बताएका हुन् ।

‘ बैंक, इन्स्योरेन्स कम्पनी लगायत वित्तीय क्षेत्र हाम्रा सदस्य संस्था हुन्, उनीहरूले क्षतिग्रस्त भौतिक संरचना उठाउँदै व्यापार व्यवसाय तत्काल चलायमान बनाउन सहयोग गर्नुपर्छ’, उनले भने, ‘भाटभटेनी उठाउन पनि हामी सबैले सहयोग गर्न अत्यावश्यक छ । नेपालको बजार, अर्थतन्त्र र रोजगारको क्षेत्रमा यति ठूलो योगदान दिइरहेको संस्थामाथि जेन–जीका नाममा स्वार्थ समूहबाट नियोजित आक्रमण भएको छ, यसलाई खडा गरेर उनीहरूको षड्यन्त्र विफल पार्नुपर्छ।’

उनले थपे हजारौँ नागरिकलाई रोजगारी दिएको भन्दै मीनबहादुरको प्रशंसा गरे । ‘ जर्मनलगायतका विकसित राष्ट्रहरूमा नागरिकलाई रोजगारी दिएको भन्दै सरकार व्यवसायीलाई सम्मान गर्छ, यहाँ भने हजारौँ सर्वसाधरणको घरमा चुल्हो बाल्न सघाएको संस्था ध्वस्त पारिएको छ’, उनले चित्त दुखाउँदै भने ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ०२ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा