अफगानिस्तानद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना स्वीकृत « Khabarhub

अफगानिस्तानद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना स्वीकृत


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको तालिवान सरकारद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना आइतबार स्वीकृत गरेको छ।

अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले पूर्वाधार, स्वास्थ्य सेवा र आर्थिक अवसरहरू बढाउनका लागि ३.८ अर्ब अफगानी अर्थात् पाँच करोड ६० लाख ४० हजार अमेरिकी डलर मूल्य बराबरका छ वटा विकास परियोजनाहरूलाई अनुमोदन गरेको आर्थिक मामिलाका लागि उपप्रधानमन्त्रीको कार्यालयले आइतबार घोषणा गरेको छ।

उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरको अध्यक्षतामा बसेको आयोगले छ वटा प्रमुख पहललाई अनुमोदन गर्नुअघि विभिन्न क्षेत्रका ३० वटा प्रस्तावहरूको समीक्षा गरेको थियो ।

परियोजना अन्तर्गत पूर्वी कुनार प्रान्तमा २०० शय्याको अस्पताल निर्माण गर्ने, पक्टिका प्रान्तमा हरितगृह स्थापना गर्ने, उत्तरी फर्याब प्रान्तमा २५ किलोमिटर सडक निर्माण गर्ने र विभिन्न प्रान्तमा विद्युत् कम्पनीहरूलाई विद्युतीय उपकरण आपूर्ति गर्ने योजना रहेको छ ।

यी पहलहरूले स्थानीय बासिन्दाहरूका लागि हजारौँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ, जसले दशकौँको द्वन्द्वपछि चलिरहेको सुधारको बीचमा अर्थव्यवस्थालाई पुनर्जीवित गर्ने सरकारको प्रयासलाई समर्थन गर्ने विश्वास सरकारले लिएको छ । 

सन् २०२१ अगस्टमा सत्तामा आएदेखि अफगान सरकारले आर्थिक कठिनाइको सामना गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न युद्धग्रस्त देशमा आफ्नो घरेलु बजेटमा धेरै विकास र पूर्वाधार परियोजनाहरू सुरु गरेको छ। रासस
 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ५१ बजे

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण