मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु « Khabarhub

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय हिसाबले दुर्गम मानिने क्षेत्रमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गरेको हो ।

टेलिकमका अनुसार यसअघि पिसाङ, डावल, टंकी मनाङ र खाङसार क्षेत्रमा भी–साट प्रविधिबाट टूजी सेवा मात्र सञ्चालन हुँदै आएको थियो । तर, ती स्थानहरू पर्यटकका दृष्टिले पनि महत्त्वपूर्ण भएकाले असोज ४ गतेदेखि फोरजी सेवा सुरु गरिएको हो । बेंसीसहर–खाङसार एडीएसएस लिंक सञ्चालन भएपछि फोरजी सेवा सम्भव भएको टेलिकमले जनाएको छ ।

यस्तै, चामे गाउँपालिका–३ को कोटोगाउँमा नेटवर्क कमजोर भएको गुनासो आएपछि असोज १ गतेदेखि नयाँ बीटीएसमार्फत टूजी र फोरजी सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । नासोङ गाउँपालिका–१ तालगाउँमा पनि असोज ५ गतेदेखि फोरजी सेवा थप गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : २७ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण