उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर) « Khabarhub

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना

कञ्चनपुर- कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बिहीन छन्। दिउँसैदेखि उनीहरु मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन। तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन्। भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई केहीले छोएको छैन।

भीमदत्त-३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन्। ती कोही भैली खेल्न आएका होइनन्। वातावरण पूरै सन्नाटा छ।

चौधरीमार्ग-६० स्थित यो घरको व्यथा फरक छ। वरपरका धेरै घरभन्दा भिन्न। फ्लाई दुबई युएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो। यसले काठमाडौंका लागि दैनिक ८ वटा उडान गर्छ। सधैँ झैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्‍यो। दिउँसो २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो। जहाजले ल्याएकामध्ये एक जना थिए- विपिन जोशी। तर होइन। उनको कथा फरक छ।

फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भिमदत्त-३ स्थित जोशी परिवारमा पीडा अझ थपियो। त्यो उडानले विपिन जोशीको शव स्वदेश फर्काएको थियो।

नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्‍यायो। त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० बजे भीमदत्त-३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था पीडादायी थियो।

आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो। उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। डाकोछोडेर रुँदारुँदा उनी अर्धचेत भइन्। उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो।

छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए। बहिनी पुष्पा भावविह्ल बनिन्। भीमदत्त नगरपालिका-३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटाटा छायो।

विपिनको अन्त्येष्टि आज
कञ्जनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विपिनको अन्त्येष्टि भोलि मंगलबार महाकाली नदीको घाटमा हुनेछ।

सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए। किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ६ : २२ बजे

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप