भाइटिका नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै « Khabarhub

भाइटिका नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार अन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढेको छ ।

उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको संख्या पनि उति नै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिँदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ३७ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल