महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत « Khabarhub

महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेपछि ज्यान गुमाएका कञ्चनपुरका २३ वर्षीय युवक विपिन जोशीको महाकाली नदीको तटमा दाहसंस्कार गरिएको छ।

विपिन जोशीलाई पार्थिव अवशेषलाई बुवा महानन्द जोशी र ठूलोबुवाका छोरा किशोर जोशीले दागबत्ती दिएका थिए। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी दिएको थियो ।

त्यसक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीप्रति सम्मान व्यक्त गरे ।

अन्तिम संस्कारका क्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास घाटसम्मै पुगेका थिए । विपिनको शरीरमा सम्मानस्वरुप इजरालको झण्डा पनि ओढाइएको थियो । त्यसक्रममा इजराली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाइयो।

प्यालेस्टाइनको गाजा क्षेत्रमा बन्धक अवस्थामै मारिएका जोशीको शव सोमबार नेपाल ल्याएर अन्तिम संस्कार गरीएको हो ।

युद्धको सुरुवातमा उनलाई हमासले बन्धक बनाएको थियो। दुई वर्षपछि युद्ध रोकिँदा बन्धक साटफेर गर्नेक्रममा विपिनको शव बुझाइएको थियो।

इजरायलबाट विपिनको शव सोमबार नेपाल आइपुगेको थियो। काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीसहितले उनलाई श्रद्धाञ्जली दिए।

त्यसपछि नेपाली सेनाले शव उनकै घरमा पुर्‍याइदिएको हो। महाकाली नदीको घाटमा आज उनलाई सशस्त्र प्रहरीले सलामी दिएपछि अन्त्यष्टि गरिएको छ। विपिनको शवसहित इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधि कञ्चनपुर पुगेका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ४० बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।