रूपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ « Khabarhub

रूपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

देवदह– जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै साढे १८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका १८ लाख ४२ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षीय अलउदिन चुरिहार, सिद्धार्थनगर–६ बस्ने ५५ वर्षीय मिहाज अहमद, भारतको दिल्ली बस्ने ४८ वर्षीय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षीय पवन अली र ३८ वर्षीय साहिद मलिकलाई सामानसहित पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : २४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको