रूपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ « Khabarhub

रूपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

देवदह– जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै साढे १८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका १८ लाख ४२ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षीय अलउदिन चुरिहार, सिद्धार्थनगर–६ बस्ने ५५ वर्षीय मिहाज अहमद, भारतको दिल्ली बस्ने ४८ वर्षीय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षीय पवन अली र ३८ वर्षीय साहिद मलिकलाई सामानसहित पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : २४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा