ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : छानबिनमा परेपछि के के बोल्दै हिँड्न थालेका छन् « Khabarhub

ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : छानबिनमा परेपछि के के बोल्दै हिँड्न थालेका छन्


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारको छानबिन अघि बढाएपछि केही नेताहरू के के बोल्दै हिँडेको बताएकी छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलका घाइतेहरूले भ्रष्टाचार र दमनमा संलग्नमाथि कारबाही थाल्न दबाब दिएपछि कार्कीले यस्तो बताएकी हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकारी निकायले छानबिन थालेपछि अहिले के के बोल्दै हिँड्न थालेको पनि बताएकी छन् ।

कार्कीले जेन-जी आन्दोलनका दमनकर्ता र भ्रष्टाचारमा संलग्न दुवैमाथि गम्भीरतापूर्वक छानबिन हुने बताएकी छन् ।

मंगलबार बालुवाटारमा ४ घण्टाभन्दा बढी समय भएको छलफलमा जेन-जी आन्दोलनका घाइतेहरूले बाब बढाएपछि उनले यस्तो बताएकी हुन् ।

‘हामी जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ’, उनले भनिन्, ‘हामी म्यान्डेट अनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ।’

उनले अहिले राज्यका स्थापित निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेका पनि बताएकी छन् ।

कार्कीले जेन-जी आन्दोलनको जगमा बनेको यो सरकारलाई दबाब दिन बोलिरहनुपर्ने पनि बताइन् । ‘अहिले पनि आ-आफ्नो ठाउँबाट काम भइरहेको छ’, उनले भनिन्, ‘तपाईंहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुस्।’

उनले आन्दोलनका दमनकर्ता र भ्रष्टाचारीमाथिको कारबाहीले अब नतिजा लिने बताइन् । कार्कीले एमाले अध्यक्ष ओलीतिर लक्षित गर्दै के के बोल्दै हिँड्न थालेको बताइन् ।

‘हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले के-के बोलिरहेका छन्, सुन्नुभएकै होला’, उनले ओलीतिर लक्षित गर्दै भनिन् ।

ओलीले दुई दिनअघि काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै प्रतिशोध साँध्नतिर लागेको बताएका थिए ।

उनले छानबिनका नाममा राहदानी रोक्का गरेर आफूलाई स्थान हदको अवस्थामा पुर्‍याएको भन्दै सरकारको आलोचना गरेका थिए । यही सरकारले बनाएको गौरीबहादु कार्की नेतृत्वको आयोगमा पनि बयान दिन नजाने अडान उनले राखेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : २८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी