दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले « Khabarhub

दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’ भनेर देखा पर्न थालेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा अर्यालले यस्तो भनेका हुन् ।

जेन-जी आन्दोलनका घाइतेरूले जेन-जी आन्दोलनमा दमन गरेको र भ्रष्टाचारमा मुछिएको आरोप लागेका व्यक्तिहरू भाग्न खोजेको बताएका थिए । त्यस्तै उनीहरूले ती अकुत सम्पत्ति लुकाउन सक्रिय भएको भन्दै चिन्ता जनाएपछि अर्यालको यस्तो जवाफ दिएका हुन् ।

‘भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेका छन्’, उनले जेन-जीका घाइतेहरूसँगको छलफलमा भनेका छन् ।

अर्यालले केही दिनअघि नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का अमेरिका भागेको जिकिर गरेका थिए ।

तर खड्का सोमबार जेन-जी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा झुल्किए । उनले त्यहाँ पत्रकार सम्मेलन गरेर सरकारलाई चुनौती पनि दिए ।

खड्काले श्रीमती बिरामी भएर दिल्ली गएको बताएका थिए । उनले श्रीमतीलाई उपचारका लागि दिल्ली गएपछि आफूलाई पनि डेंगु भएको उल्लेख गरे ।

उनी आइतबार भारतको दिल्लीबाट गुहावटीको बागडोग्रा विमानस्थलमा उत्रिएर स्थलमार्ग हुँदै झापाको भद्रपुर आएका थिए । त्यहाँबाट उनी आइतबार साँझ नै जहाजमा काठमाडौं उत्रिएर पत्रकार सम्मेलन गरेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ४६ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी