प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन « Khabarhub

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको छ।

मंगलबार चार घण्टासम्म जेन-जीहरूसँग वार्ता गरेकी कार्कीले अपरान्ह ४ बजेदेखि दलहरूसँग संवाद गरिरहेकी छन् ।

राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने ११ दलका नेताहरू र दुईजना पर्यवेक्षक सहभागी छलफल अझै केही घण्टा चल्न सक्ने बताइएको छ।

‘यो संवाद अझै केही समय चल्ने छ । नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ’, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, ‘पहिलो चरणमा सबै नेताहरूले बोल्ने काम भएको छ। यो क्रम करिब अन्त्यतिर पुगेको छ ।’

खरेलका अनुसार सबै नेताहरूले निर्वाचनमै केन्द्रित भएर धारणा राखिरहेका छन् । ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ’, उनले भने, ‘सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो नेताहरूले राख्नुभएको छ ।’

उता नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन् । तर दुवै नेताले चुनावको विरोध भने नगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामनन्त्र गगनकुमार थापा सहभागी छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको छलफलमा कार्यवाह उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा गएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी छन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी छन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सहभागी भएका थिए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुँदैछन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् । लोकतान्त्रि समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी छन् ।

यसअघि निर्वाचनलाई लिएर राष्ट्रपति पौडेल र निर्वाचन आयोगले दलहरूसँग छलफल गरिसकेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीकै पहलमा भ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग गर्ने संवादमा दुईजना पर्यवेक्षकलाई पनि बोलाएकी छन् ।

राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई राखिएको हो ।

कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

उता नेपाली कांग्रेसले प्रधानमन्त्री कार्कीले बोलाएको सात राजनीतिक दलका नेतासँगको छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभुतिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण नरहेकाले निर्वाचनमा जाने सुरक्षा प्रत्याभूतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेस नेता श्याम घिमिरेले बताए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा निर्वाचन गराउने सकारको मानसिकता नरहेको उनले बताएका छन् ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामनन्त्र गगनकुमार थापा सहभागी छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको छलफलमा कार्यवाह उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा गएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी हुँदैछन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी छन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सहभागी भएका थिए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी छन् । नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् ।

यसअघि निर्वाचनलाई लिएर राष्ट्रपति पौडेल र निर्वाचन आयोगले दलहरूसँग छलफल गरिसकेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीकै पहलमा यो पहिलो छलफल हो ।

को को सहभागी ?

नेपाली कांग्रेस : गगन थापा, प्रकाशशरण महत
नेकपा एमाले : शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली
नेकपा माओवादी केन्द्र : वर्षमान पुन, पम्फा भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी : स्वर्णिम वाग्ले, सोविता गौतम
राष्ट्रिय प्रजातन्त्र पार्टी : राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ
जनता समाजवादी पार्टी नेपाल : उपेन्द्र यादव, प्रकाश अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी : सर्वेन्द्रनाथ शुक्ल
नागरिक उन्मुक्ति पार्टी : रेशम चौधरी
नेपाल मजदुर किसान पार्टी : प्रेम सुवाल
जनमत पार्टी : चन्दन सिंह
नेकपा एकीकृत समाजवादी : राजेन्द्र पाण्डे र प्रकाश ज्वाला

पर्यवेक्षक

डा. केदारभक्त माथेमा र विद्याधर मल्लिक

सरकारबाट

प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
ऊर्जामन्त्री कुलमान घिसिङ
गृहमन्त्री ओमप्रकाश अर्याल
कृषिमन्त्री मदन परियार
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : १० बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको