जुम्ली किसानलाई मार्सीधान काट्न चटारो « Khabarhub

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको छ । एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्ययाउन कार्यमा व्यस्त हुनेगरेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाइले बताए ।

यहाँका अधिकांश किसानले खेतमा पाकेको धान काटेर घरमा भित्र्याउन चटारो परेको छ । दसैँ सकिएसँगै जुम्ली किसान धान भित्र्याउन कार्यमा जुटेका हुन् । जिल्लाका किसान धान भित्र्याउन लागिपरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

हाल यहाँको मौसम सफा छ । त्यसैले यहाँका किसानलाई बर्खेबाली धानलगायत कोदो, सिमी र फापरलगायत बाली घरमा भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका सबैजसो मार्सीधानका फाँटहरूमा किसान व्यस्त हुने गरेका छन् । यो धान चैतमा बीउ राख्ने, जेठदेखि असारमा रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

कार्यालयका अनुसार आव २०८०–८१ मा जुम्ली मार्सीधानको तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । जसमध्ये दुई सय मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गतवर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा झरेर खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

अहिले किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ १ र चन्दननाथ ३ का साथै लेकाली १ र लेकाली तीन जातको धानसमेत यहाँका किसानले रोप्ने गरेका छन् । जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ ।

अहिले मार्सीचामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रूपैयाँमा किनबेच भइरहेको छ । विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सीचामल लिन गरेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : २८ बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा