राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ « Khabarhub

राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएकी छन्। मंगलबार बालुवाटारमा राजनीतिक दलहरुसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता दोहोर्याएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिएका छौँ।’

राजनीतिक दलहरूसँग संवादमा ढिलाइ हुनुको कारण स्पष्ट गर्दै उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन, परिवारका लागि राहत तथा आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो, त्यसमा केही समय लाग्यो।’

उनका अनुसार सुरुवाती चरणमा ‘जेनजी’ युवा समूहले दलहरूसँग संवाद गर्न रुचि देखाएको थिएन। ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोल्ने काम भएको छ। अब जेनजी र दलहरू बसौँ, जसरी हुन्छ स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले सबै पक्षलाई आगामी निर्वाचनलाई सफल बनाउन आफ्नो–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिन्। ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ प्रधानमन्त्री कार्कीले जोड दिइन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ४६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल