जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल « Khabarhub

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला कार्कीले जेनजी र दलका नेताहरूसँग संवाद गर्ने प्रस्ताव गरेको बताएकी छन् । उनका अनुसार उक्त प्रस्ताव सबै राजनीतिक दलहरुले स्वीकार गरेका छन् ।

कार्कीले दोस्रो चरणको छलफलमा जेनजी र राजनीतिक दलसँग संवाद गर्ने भनेपछि सो कुरा आफूहरुले स्वीकार गरेको भुसालले खबर हबलाई जानकारी दिइन्। प्रधानमन्त्री बनेपछि पहिलोपटक राजनीतिक दलहरूसँग संवाद गरेकी कार्कीले फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नका लागि सरकारले भरपुर तयारी गर्ने बताइन्।

‘निर्वाचनमा शान्ति सुरक्षा कायम राख्ने विषयमा म कटिबद्ध छु भन्नुभएको छ। उहाँले एकपटक जेएनजी र राजनीतिक दलहरूसँग पनि बसेर आफू छलफल गर्छु भन्नुभएको छ,’ भुसालले भनिन्, ‘हामीले यो कुरा स्वीकार गरेको छौं हाम्रा पार्टीमा पनि युवा हुनुहुन्छ। हामी उहाँहरूसँग बसेर छलफल गर्न तयार छौं भनेका छौं ।’

भुसालका अनुसार बैठकमा सबै राजनीतिक दलहरूले फागुन २१ गतेको निर्वाचन केन्द्रित विषयमा कुराकानी गरेका थिए।

गत भदौ २३ र २४ गते जेनजी नवपुस्ताले आन्दोलन गरेका कारण तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ढलेको थियो। त्यसपछि जेन्जीजेहरूले नै अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारेका थिए ।

सरकार गठन भएको एक महिनापछि मात्र प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गरेकी हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ०३ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी