१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी « Khabarhub

१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज उपाध्यायमाथि हात उठाउनेलाई कारबाही नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका छन्।

सरकार र गृहमन्त्रीतर्फ लक्षित गर्दै गुरुङले सिमरा प्रदर्शनमा जेन-जी जिल्ला संयोजक सम्राटमाथि कुटपिट गर्नेलाई शुक्रबार बिहान १० बजेसम्म पक्राउ नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका हुन्।

उनले मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर हाम्रो सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ गरिएन भने, देशव्यापी विरोध सुरु गरिनेछ।’

सुदनले आफ्नो मौनतालाई कमजोरी नठान्नसमेत चेतावनी दिएका छन्। उनले अब हामी युवा र देशभक्त नेपाली जनताको शक्तिले प्रदर्शन गर्ने भन्दै यस्तो चेतावनी दिएका हुन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : २७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने