बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा « Khabarhub

बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान गरिने छ । 

हालसम्म ५०० मिटर ढलान भइसकेको छ । सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ । सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ ।

वर्षाको पानी निकासका निम्ति नाला निर्माण, ‘स्ट्रक्चर’ र ‘सबग्रेडिङ’लगायत काम जारी छ । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : २६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने