‘नेशनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत « Khabarhub

‘नेशनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेशनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् ।  

नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि  काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी बस्नेतले जेन-जी आन्दोलनका क्रममा संसद्, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अव मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताएका हुन् ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन नेशनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रित गर्ने उनले बताए ।

त्यस्तै बस्नेतले असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने जानकारी दिए ।

माइतीघर मण्डलामा युवाहरू भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो । 

नेशनल भोलेन्टियर फोर्समा एक जना कमान्डर र दुई जना सहायक कमाण्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १ : ३६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको