आयोगले भन्यो- निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भए « Khabarhub

आयोगले भन्यो- निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भए


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ वटा दल दर्ता भएको जानकारी दिए । त्यस्तै आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १ सय २६ पुगेको र ३० दल दर्ता प्रक्रियामा रहेको उनले बताए  । 

निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगायतका कामलाई कार्य योजना बनाएर नै काम गरिरहेको उनले जानकारी दिए  । 

त्यस्तै प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने बताए । 

आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए ।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ५४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा