सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण « Khabarhub

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण

आइतबारदेखि वितरण गरिने


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले पहिलोपटक छपाई गरेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । क्यूआर कोड सहितको लाइसेन्सको परिक्षण सफल भएसँगै केन्द्रले शुक्रबार दिउँसो विभागलाई हस्तान्तरण गरेको हो ।

पहिलो चरणमा केन्द्रले ५ सय २० थान लाइसेन्स हस्तान्तरण गरेको यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन ।

‘३ः३० बजेतिर उहाँहरुले विभागमै पहिलोपटक छपाइ भएका ५ सय २० थान लाइसेन्स हामीलाई बुझाउनुभएको छ, दोस्रो चरणको तपाईका लागि करिब ११ सय १३ जना आवेदकको तथ्याकं पठाइसकेका छौं त्यो पनि अब निरन्तर आउनेछ । हप्तामा दुईदिन छापिएर आएका लाइसेन्स वितरण गर्ने सहमति भएको छ,’ उनले भने ।

लाइसेन्स छपाइका लागि भने विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ ।

सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको छपाई मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिएका थिए ।

पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका ५ सय थान लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याङ्क पठाएको थियो । तथ्याङ्क पठाएको १९ दिन बितेपछि विभागले आज लाइसेन्स हात पारेको छ ।

केन्द्रका अनुसार छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण भइरहेको केही ढिला भएको हो ।

‘पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने मापदण्डका विभिन्न आधार हुनेरहेछन् सोहीअनुरुप यतिबेला पानीमा, तेलमा राखेर तुरुन्त भिज्छ भिज्दैन, हामीले छापेको लाइसेन्सको आयु कति दिर्घकालिन हुन्छ भन्ने परिक्षण भइरहेको थियो । नेपालकै ल्याबामा गरेको परिक्षण सफल भएपछि विभागलाई बुझाएका हौ,’ केन्द्रका निर्देशक देवराज ढुङ्गानाले भने ।

विभागले अझै २५ लाख लाइसेन्स छाप्न बाँकी छ । जसमध्ये २७ करोड ६० लाख रुपैँया बजेटमा १२ लाख थान मात्र छाप्न सकिने भएकाले बाँकीको हकमा थप बजेट आवश्यक रहेको खतिवडाले जनाएका छन् । केन्द्रबाट छपाई हुने कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : २० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे