किसान सूचीकरण गर्दै माडी नगरपालिका « Khabarhub

किसान सूचीकरण गर्दै माडी नगरपालिका


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ । पहिलो पटक पालिकामा किसान सूचीकरण गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार अहिले किसान सूचीकरणका लागि गणक नियुक्तिको प्रक्रिया सुरु गरिएको छ । गणक नियुक्तिसँगै सूचीकरणको काम सुरु गरिने उनले जानकारी दिए । 

यसका लागि किसान सूचीकरण सहजकर्ता १० जना नियुक्ति गरेर काम गर्न लागिएको हो । उहाँहरूले तीन महिनासम्म सबै किसानको घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।

यस पालिकामा १० हजार बढी घरधुरी छन् । तीमध्ये सात हजार बढी घरधुरी किसान रहेका अनुमान नगरपालिकाले गरेको छ । प्रशासकीय अधिकृत भुसालले भने, ‘वास्तविक किसानको सङ्ख्या कति छ र कुन किसानको जमिन कति छ भन्ने तथ्याङ्क सङ्कलनका लागि काम गर्न लागेका हौँ ।’ उनका अनुसार यो सूचीकरणले कृषकको वास्तविकता, अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन गरिने छ । 

सूचीकरण गरी सकेपछि सेवा प्रवाह गर्न र योजना बनाउनमा  सहयोग पुग्ने भुसालले बताए । उनका अनुसार किसान लक्षित योजना र उनीहरूको आवश्यकता पूरा गर्नका लागि सूचीकरणले टेवा पुग्ने छ । किसानका लागि आवश्यक पर्ने मल, बीउ वितरणदेखि सबै किसिमका काममा सहयोग पुग्ने उनले बताए । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : २४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका