नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक « Khabarhub

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक भएको छ।

यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्नेछन्। साथै, रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ।

विकासकर्ताका अनुसार यो प्लेटफर्मलाई अन्य कनभर्टरभन्दा फरक बनाउन यूजर एक्सपिरियन्स र यूजर इन्टरफेसमा विशेष ध्यान दिइएको छ। अझ यस फन्ट कन्भर्टरलाइ कुनै पनि वेभसाइटमा निशुल्क प्रयोग गर्न सकिने बताईएको छ ।

सहज र प्रयोगमैत्री

नेपालमा अझै पनि प्रचलित ‘प्रिति फन्ट’ प्रयोग गर्नेको संख्या ठूलो छ। तर सरकारी निकाय, अनलाइन मिडिया र आधिकारिक प्रयोजनका लागि भने युनिकोड अपरिहार्यजस्तै बनेको छ। यस्ता प्रयोगकर्ताका लागि सञ्चारगृह डट कम सहज विकल्प बनेको विकासकर्ताले बताएका छन्।

“हालका कनभर्टर जटिल, विज्ञापनले भरिएका वा मोबाइलमैत्री छैनन्। हामीले भने प्रयोगकर्ताले सजिलै बुझ्ने र तुरुन्तै काम गर्ने प्रणाली विकास गरेका छौं,” एक विकासकर्ताले भने।

रोमनाइज्ड नेपाली सुविधासहित

नयाँ पुस्ताले सामाजिक सञ्जाल र मोबाइल च्याटमा रोमन लिपि प्रयोग गर्ने गरेको पाइन्छ। जस्तैः “ःभचय लबबm च्बm जय” टाइप गर्दा यस प्लेटफर्मले सिधै “मेरो नाम राम हो” मा परिणत गर्नेछ।

यस सुविधाले युवापुस्तालाई मातृभाषामा लेख्न सहज बनाउने र नेपाली भाषाप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

पत्रकार र प्रकाशनका लागि उपयोगी

विशेषगरी पत्रकार, सम्पादक, अनुवादक र प्रकाशन गृहका लागि यो प्लेटफर्म उपयोगी हुने संञ्चारगृहका प्रमुख शम्भु ढुंगानाले बताए ।
समाचार सम्पादन, पुस्तक प्रकाशन वा अनुसन्धान कार्यमा प्रिति–युनिकोड रूपान्तरण गर्ने आवश्यकताले धेरै समय खाने गरेकोमा सञ्चारगृह डट कमले सजिलो समाधान दिने विकासकर्ताको दाबी छ।

मोबाइलमैत्री डिजाइन

प्लेटफर्मलाई मोबाइलमैत्री बनाइएको छ। सामान्य इन्टरफेस, सजिलो नेभिगेसन र तीव्र रूपान्तरणका कारण प्रयोगकर्ताले कम्प्युटरभन्दा मोबाइलमै बढी प्रयोग गर्ने अपेक्षा गरिएको छ।

भविष्य योजना

विकास टोलीले निकट भविष्यमा स्पेल चेकर, व्याकरण सजेशन, प्रत्यक्ष नेपाली टाइपिङ टुल र बहुभाषिक कन्भर्टर थप्ने योजना बनाएको छ।

यससँगै ‘सञ्चारगृह डट कम’ केवल कनभर्टर नभई पूर्ण भाषिक समाधान केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ।

नेपाली भाषामा योगदान

डिजिटल युगमा नेपाली भाषाको प्रयोग घट्दै गएको बेला यो प्लेटफर्मले भाषालाई अझ सहज र उपयोगी बनाउने विश्वास गरिएको छ।

“हाम्रो उद्देश्य नेपाली भाषालाई डिजिटल क्षेत्रमा सहज र आकर्षक बनाउन योगदान दिने हो,” डल्फा सोलुसन्स प्रा लिका प्रमुख तथा विकासकर्ता निकेश महर्जन बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : २८ बजे

संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छ : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं– श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले