मेचीनगरका ४६ जना किसानलाई कृषि औजार « Khabarhub

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ। नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो।

विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे। उनले मेचीनगर–७ को ‘राई बङ्गुर फार्म’का सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर-२ का हरिभक्त चापागाईँलाई चार वटा काउम्याट र मेचीनगर–४ को ‘उपकार कृषि फार्म’का सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको जानकारी दिए।

मेचीनगर–११ का १०, मेचीनगर-१० का तीन, मेचीनगर–५ र २ का एकरएक, मेचीनगर–८ का नौ, मेचीनगर–३ का १६ र मेचीनगर–१५ का तीन जनालाई कुटी काट्ने मेसिन प्रदान गरिएको हो।

कार्यक्रममा मेचीनगर-३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका किसानलाई दिएको औजारले पशुपालनमा सहज हुने बताए। किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा कृषि औजार वितरण गरिएको छ।

कार्यालयको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नगरस्तरीय कार्यक्रमअनुसार मागमा आधारित पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत (५० प्रतिशत अनुदान) अन्तर्गत आज वितरण गरिएको हो।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सहजीकरण गरेको कृषि औजार वितरण कार्यक्रमको प्रतिवेदन पशु विकास सेवा शाखा प्रमुख विक्रम गुरुङले प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : २९ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक