चिनियाँ युद्धपोतले जापानसँग विवादित टापु क्षेत्रमा गस्ती गरेपछि तनाव « Khabarhub

चिनियाँ युद्धपोतले जापानसँग विवादित टापु क्षेत्रमा गस्ती गरेपछि तनाव


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ तटरक्षक युद्धपोतको समूहले जापानसँग विवादमा रहेको सेनकाकु टापु क्षेत्रमा गस्ती गरेपछि दुई देशबीच पुनः तनाव उत्पन्न भएको छ । चिनियाँ तटरक्षक बलले उक्त क्षेत्रमा आफ्ना युद्धपोतको समूहले गस्ती अभियान सञ्चालन गरेको पुष्टि गरेको छ ।

पछिल्लो समय जापान र चीनबीच तनाव चुलिएको छ । ताइवानका विषयमा जापानी नवनियुक्त प्रधानमन्त्री सानेइ तकाइचीले विवादास्पद बयान दिएपछि चीन रुष्ट छ ।

चीनले ताइवानमाथि आक्रमण गरे जापानले त्यसको सैन्य प्रतिक्रिया दिने भन्दै प्रधानमन्त्री तकाइचीले केही समयअघि विवादास्पद बयान दिएकी थिइन् । पछि चीनले आफ्नो बयान फिर्ता लिन प्रधानमन्त्री तकाइचीलाई आग्रह गरेको थियो ।

हाल जापानको प्रशासनअन्तर्गत रहेको सेनकाकु टापु आफ्नो सार्वभौमिकतामा पर्ने दाबी गर्दै आएको छ । यस टापुलाई चीनले दियाओयू भनेर सम्बोधन गर्छ ।

यसबारे चीनको राजधानी बेइजिङमा रहेको जापानी राजदूतावासले कुनै टिप्पणी नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ । दुई देशबीच तनाव बढिरहँदा चीनले आफ्ना नागरिकलाई जापान भ्रमणमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००