चिनियाँ युद्धपोतले जापानसँग विवादित टापु क्षेत्रमा गस्ती गरेपछि तनाव « Khabarhub

चिनियाँ युद्धपोतले जापानसँग विवादित टापु क्षेत्रमा गस्ती गरेपछि तनाव


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ तटरक्षक युद्धपोतको समूहले जापानसँग विवादमा रहेको सेनकाकु टापु क्षेत्रमा गस्ती गरेपछि दुई देशबीच पुनः तनाव उत्पन्न भएको छ । चिनियाँ तटरक्षक बलले उक्त क्षेत्रमा आफ्ना युद्धपोतको समूहले गस्ती अभियान सञ्चालन गरेको पुष्टि गरेको छ ।

पछिल्लो समय जापान र चीनबीच तनाव चुलिएको छ । ताइवानका विषयमा जापानी नवनियुक्त प्रधानमन्त्री सानेइ तकाइचीले विवादास्पद बयान दिएपछि चीन रुष्ट छ ।

चीनले ताइवानमाथि आक्रमण गरे जापानले त्यसको सैन्य प्रतिक्रिया दिने भन्दै प्रधानमन्त्री तकाइचीले केही समयअघि विवादास्पद बयान दिएकी थिइन् । पछि चीनले आफ्नो बयान फिर्ता लिन प्रधानमन्त्री तकाइचीलाई आग्रह गरेको थियो ।

हाल जापानको प्रशासनअन्तर्गत रहेको सेनकाकु टापु आफ्नो सार्वभौमिकतामा पर्ने दाबी गर्दै आएको छ । यस टापुलाई चीनले दियाओयू भनेर सम्बोधन गर्छ ।

यसबारे चीनको राजधानी बेइजिङमा रहेको जापानी राजदूतावासले कुनै टिप्पणी नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ । दुई देशबीच तनाव बढिरहँदा चीनले आफ्ना नागरिकलाई जापान भ्रमणमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४२ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका