फिलिपिन्सकी ‘चिनियाँ जासुस’ मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर, जन्मकैदको सजाय « Khabarhub

फिलिपिन्सकी ‘चिनियाँ जासुस’ मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर, जन्मकैदको सजाय


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ जासुसको आरोप लागेकी फिलिपिन्सको एउटा सानो शहरकी मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर भएकी छिन् । राजधानी मनिलाभन्दा उत्तरमा पर्ने एउटा शहरकी मेयर अलिस गुओलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

उनीमाथि चिनियाँहरुले सञ्चालन गर्ने अनलाइन जुवाघरको व्यवस्थापन गरेको आरोप समेत लागेको छ । ती जुवाघरमा मजदुरहरुले यातनाको जोखिममा काम गर्दै आएको खुलेको छ ।

अनुसन्धानकर्ताहरुले ३५ वर्षीया अलिस गुओ फिलिपिनी नागरिक समेत नभएको पुष्टि गरेका छन् । उनी किशोरी उमेरमा चीनको फुजियानबाट फिलिपिन्स प्रवेश गरेको बेलायती अखबार द टेलिग्राफले उल्लेख गरेको छ ।

उनको फिङ्गरप्रिन्टले उनको वास्तविक नाम गुओ हुवा पिङ रहेको र उनको जन्म दक्षिणपूर्वी चीनको फुजियान प्रान्तमा भएको पत्ता लागेको थियो । उनको सम्बन्ध धनाढ्य चिनियाँ व्यापारीहरुसँग रहेको पनि थाहा भएको थियो ।

गत मे महिनामा भएको सुनुवाइका क्रममा फिलिपिन्सका सिनेटहरुले उनी चिनियाँ जासुस भएकोबारे चासो राखेका थिए । जेल परेका चिनियाँ जुवाघर सञ्चालक शे झिजियाङले आफूजस्तै गुओ पनि चिनियाँ राज्य सुरक्षा मन्त्रालयको जासुस रहेको बयान दिएपछि घटनाको पर्दाफाश भएको थियो ।

गुओ सन् २०२२ मा बामबान नामक शहरको मेयर निर्वाचित भएकी थिइन् । यद्यपि त्यसको दुई वर्षपछि सबैभन्दा ठूलो जुवाकेन्द्रको खुलासा भएपछि उनी निलम्बनमा परेकी थिइन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५४ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका