दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु « Khabarhub

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।

सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको हो । सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।

घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइराखेको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : २३ बजे

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको