विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह « Khabarhub

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

‘मन्त्रालयले निर्देशन मात्र दिएर हुँदैन’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने बताएका छन्।

देशभरका विद्यालयमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीति हटाउन अभिभावक एकजुट भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ।

शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन दिएर मात्र नपुग्ने भन्दै उनले अभिभावकले आन्दोलन गरेर कडा चेतावनी नदिएसम्म विद्यालय सुधार नहुने बताएका हुन्।

शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानीय अभिभावकहरु, आफ्नो छोराछोरीको भविष्यका लागि जाग्नुहोस्।’

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ०५ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह