परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की « Khabarhub

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

‘सरकारी कार्यालयमा हप्तामा एक दिन परम्परागत पोशाक लगाउनु उचित हुन्छ’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न उनले अनुरोध गरेकी हुन्।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का प्रतिनिधिसँगको भेटमा उनले सो कुरा व्यक्त गरेकी हुन्।

परिषद्का प्रतिनिधि गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए।उक्त वेशभूषाको प्रशंसा गर्दै उनले सरकारी कार्यालयमा हप्तामा एक दिन भए पनि कर्मचारीले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा पनि राखिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सदै गएको पाइन्छ। आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन। तर हामी नेपालीहरुसँग प्रशस्त आफ्नोपन छ। विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनुपर्छ। बरु सरकारी कार्यालयहरुमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’

परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको परिषद्का महासचिव राजु गुरुङले जानकारी दिए।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन