‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक « Khabarhub

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक भएको छ ।

हलमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा यो फिल्मप्रति थप आकर्षण गर्न नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरिएको निर्माण पक्षले तर्क गरेको छ ।

बुवाको जिम्मेवारी महसुस गरेको युवा छोराको भावनामा यस गीतको शब्द लेखिएको छ । भिडियोमा फिल्मका शीर्ष कलाकार विमोचन दवाडी र गणेश उप्रेती मुख्य रुपमा फिचर्ड छन् ।

यो गीतको शब्द गणेश कार्कीको हो भने स्वर गायक तथा सङ्गीतकार हेमान्त रानाले दिएका हुन् ।

‘झरीपछिको इन्द्रेणी’बाट कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा गणेश, विमोचनसहित दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेतीलगायतको अभिनय रहेको छ ।

यो फिल्मको कथा निर्देशक घिमिरे आफैँको हो । पटकथा भने गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखका हुन् । नागराज इन्टरटेन्मेटको ब्यानरमा यो फिल्म बनेको हो ।

गीतको लिंक :

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : १० बजे

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल