भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला « Khabarhub

भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंसमा जेन-जीहरुको हात नरहेको जिकिर गरेका छन् । 

आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासंग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेन-जी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए ।

भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउँदै उनले त्यसमा जेन-जी युवाहरूको हात नरहेको बताए । उनले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेन-जीहरुको प्रश्नको उत्तर दिँदै नेता कोइरालाले शिक्षामा भइरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे ।

उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाइले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : २८ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।