‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित « Khabarhub

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँच जना व्यावसायिक फोटो पत्रकारलाई सम्मानित गरेको छ ।

ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आइतबार सम्पन्न कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो ।

एनएफपिजेले ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नवीनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुवास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शङ्कर भुजेललाई प्रदान गरेको हो ।

सो अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हार्तम्छालीले ‘फोटोग्राफी’ समाजमा सबैभन्दा सरल, छिटो, जीवन्त र प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरी व्यावसायिक ढङ्गबाट अघि बढ्न सुझाव दिए ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले देशभर क्रियाशील फोटो पत्रकारहरूको सामाजिक तथा पेशागत सुरक्षा, व्यावसायिक सशक्तीकरण र सूचना प्रविधिको विकाससँगै आधुनिक प्रविधिमा आधारित क्षमता विकासलाई प्राथमिकता दिँदै सङ्गठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गए ।

वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ र महासचिव घनश्याम श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद एनएफपिजेको विशेष पहलमा सङ्गठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रवीन कुलुङ राई र ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो ।

सो अवसरमा एनएफपिजका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाइ सुवाल, राजेन्द्र चित्रकारसहित वरिष्ठ फोटोपत्रकार एवं जिल्ला प्रतिनिधिहरूको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ३५ बजे

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा