बिहेपछि किन मोटाउँछ मान्छे ? | Khabarhub Khabarhub

बिहेपछि किन मोटाउँछ मान्छे ?


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईँले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकांश विवाहितहरू विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ?

बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् ।

विवाहअघि मानिसहरू विवाहितको जस्तो सन्तुलित र समयमा भोजन गर्दैनन् । तर विवाहपछि उनीहरूको भोजनको समय र खाने परिकार पनि बदलिन्छ । जसले बिस्तारै मोटोपन बढ्दै जान्छ ।

साथै विवाहपछि मानिसको दौडधुप, खेलकुद, व्यायामको गतिविधि पनि कम हुन्छ । जसले उनीहरूमा तौल वृद्धि गराउँछ ।

अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् कि विवाहपछि पुरुषको तौल बढ्न थाल्छ र मोटोपनाको सिकार बन्न थाल्छ । रोचक कुरा के छ भने विवाहपछि महिलाको तौलमा खासै परिवर्तन हुँदैन । यस अनुसन्धानमा पुरुषका बारेमा अन्य धेरै रोचक कुराहरू बताइएका छन् । 

डेली मेलको रिपोर्टअनुसार चीनमा गरिएको एक अध्ययनले विवाहपछि पुरुषहरू मोटा र अल्छी हुने कुरा पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरुले विवाह गरेको ५ वर्षभित्रै पुरुषको तौल बढ्न थालेको पत्ता लगाएका छन् । यस अवधिमा उनीहरू क्यालोरीयुक्त खाना बढी खान्छन् र कम व्यायाम गर्छन् ।

अनुसन्धान गरिरहेका वैज्ञानिकका अनुसार विवाहले पुरुषको बडी मास इन्डेक्स (बीएमआई) मा ठूलो प्रभाव पारेको छ । विवाहपछि ५.२ प्रतिशत पुरुषको तौल बढी हुन्छ भने मोटोपनको दर २.५ प्रतिशतले बढ्छ । विशेष कुरा के छ भने अनुसन्धानमा महिलामा यस्तो परिवर्तन भएको कुनै प्रमाण भेटिएन । -विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : १८ बजे

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण