रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै  « Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण

रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै 


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा नेटवर्क मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

बुटवल पछि उनले चितवन र पर्सा अदालतमा पनि बयान दिनु पर्नेछ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिल समक्ष बयान दिइसकेका छन् ।

रूपन्देही अदालतमा बयानका लागि हिजो नै लामिछाने बुटवल पुगेका हुन्  ।

यो पनि …
सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ३२ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई