रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै  | Khabarhub Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण

रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै 


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा नेटवर्क मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

बुटवल पछि उनले चितवन र पर्सा अदालतमा पनि बयान दिनु पर्नेछ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिल समक्ष बयान दिइसकेका छन् ।

रूपन्देही अदालतमा बयानका लागि हिजो नै लामिछाने बुटवल पुगेका हुन्  ।

यो पनि …
सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ३२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

बालेनलाई राजधानीको मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौंको महानगरमा बालेन्द्र शाहलाई

पर्वतको सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण

पर्वत– पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड

महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं – महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग