सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु « Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ ।

पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

कास्की प्रहरी हिरासतमै रहँदा पक्राउ पुर्जी पाएपछि उनलाई कात्तिक २७ गते भैरहवा लगेर बयान लिइएको थियो। उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।

उक्त सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

गत वैशाख ३ गते पहिलो पटक मुद्दा दायर भएको थियो । तर लामिछानेलाई पुरक उजुरी लगेर छानबिन थालिएको थियो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको निष्कर्ष निकालेको छ । जसमा २ करोड रुपैयाँ रविको नाममा ऋणका रुपमा गएको भेटिएपछि उजुरी परेको थियो।

यसअघि उनी कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए ।

बुटवलपछि उनले चितवन र पर्सा अदालतमा बयान दिन जान बाँकी छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : १२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु