विवादमा खेम : खुट्टाले बर्जर थिच्दा के अर्थ लाग्छ ? « Khabarhub

विवादमा खेम : खुट्टाले बर्जर थिच्दा के अर्थ लाग्छ ?


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन- ६’ को प्रसारण सुरु भएको छ । ‘ब्लाइन्ड अडिसन’का दुई भाग प्रसारणमा आइसकेका छन् ।

यो सिजनका जजहरूमा उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेञ्चरी छन् । लगातार पाँच सिजनमा जज बनेका प्रमोद खरेल यसपटक भ्वाइस अफ नेपालको सेटमा छैनन् ।

यो पटक मेलिना र खेम नयाँ जज हुन् । मेलिनाले ‘भ्वाइस अफ किड’मा भने जजको जिम्मेवारी सम्हालिसकेकी छिन्‌ ।

खेम भ्वाइस अफ नेपाललको जज बन्ने पहिलो लोक स्रष्टासमेत हुन् । लोक दोहोरीका प्रतिभा समेट्नका लागि खेमलाई अनुबन्ध गरिएको आयोजकको दाबी छ ।

तर, खेम कार्यक्रम प्रसारणको सुरुवातदेखि नै विवादमा परेका छन् । प्रमोदको स्थानमा खेमलाई जजमा भित्र्याएको तर्क गर्दे केहीले असन्तुष्टि जनाएका छन् । ‘प्रतिभा चिन्न प्रमोदको जति क्षमता खेममा छैन’ भन्ने उनीहरूको तर्क छ ।

यद्यपि यो तर्क वास्तविकतासँग मेल खाँदैन । प्रमोद र खेमको विशेषता फरक छ । प्रमोद आधुनिक तथा पार्श्व गायनमा दख्खल राख्छन् भने खेम लोक दोहोरीमा । लोक दोहोरी प्रतिभालाई चिन्न खेमलाई जजको जिम्मेवारी दिएको हो ।

खेमको प्रवेश प्रष्ट छ । उनले प्रमोदको स्थान लिएका होइनन् । खेम बाहेक अरू जजले प्रमोदको स्थान लिए भन्ने तर्क बरु बलियो बन्न सक्छ ।

खेमलाई कुनै जजलाई प्रतिस्थापन गर्न उद्देश्यले भ्वाइस अफ नेपालमा प्रवेश नगराइएको निर्देशक लक्ष्मण पौडेल बताउँछन्‌ । भन्छन्, ‘जज फेरिइरहनुहुन्छ, यो सामान्य कुरा हो । एक जनाको स्थानमा अर्को कोही जज बनेको भन्ने कुरा हुँदैन ।’

यद्यपि प्रमोद आफ्नै व्यक्तिगत कारण यो पटक भ्वाइस अफ नेपालमा सहभागी नभएको उनले खुलाए । उनले भने, ‘प्रमोदसँग कुरा पनि भएको हो । उहाँको समय मिलेन । भ्वाइलाई दिनुपर्ने समय र उहाँको कार्यतालिका जुध्यो । ’

खेम विवादमा पर्नुको अर्को कारण हो – खुट्टाले बर्जर बजाउनु ! यही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्क उठेकाले उनी विवादमा परेका हुन् ।

‘खुट्टाले बर्जर बजाएर शो र प्रतिभाको अपमान’ गरेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा बाक्लै भेटिन्छन् ।

यस्ता प्रतिक्रिया दिनेहरू भ्वाइसका नयाँ दर्शक हुनुपर्ने निर्देशक पौडेलको अनुमान छ । उनी थप्छन्, ‘खुट्टाले बर्जर बजाउने खेम पहिलो जज होइन । यसअघि थुप्रै जजले बजाउनु भएको थियो । उहाँ जज भएसँगै नयाँ दर्शक पनि थपिनुभएको छ । सायद यो समूहको दर्शकले उहाँले खुट्टाले बर्जर बजाएको मन नपराएको हुन सक्छ ।’

यसअघि जजहरू प्रमोद, अभया सुब्बा, मिलन नेवार, राजु लामा र राजेश पायल राईले पनि खुट्टाले बर्जर बजाएका थिए ।

भ्वाइस अफका विदेशी वा नेपाली संस्करणमा विशेष परिस्थितिमा मात्रै जजहरूले हात बाहेक शरीररका अन्य अङ्गले बर्जर थिच्ने गर्छन् ।

प्रतिभाले आफ्नो गायन क्षमताले विशेष माहोल बनाएको अवस्थामा जजहरू उत्साहित भएर बर्जर थिच्न अन्य अङ्ग प्रयोग गरेको पाइन्छ । जजका यस्ता क्रियाकलाप यो प्रकारको शोको ‘ब्युटी’ पनि हो ।

हात बाहेकको वा अन्य अङ्गले बर्जर थिच्नु प्रतिभा वा शोको अपमानको रूपमा बुझ्न नहुने पौडेलको भनाइ छ ।

उनी भन्छन्, ‘सामान्यता आफूलाई विशेष लागेको प्रतिभालाई मात्रै जजहरूले अन्य अङ्गले बर्जर बजाउँछन् । ‍बर्जर बज्नु नै प्रतिभाको लागि मुख्य कुरा हो । कसले कसरी बजायो भन्नेसँग कुनै अर्थ राख्दैन ।’

भ्वाइसका विदेशी संस्कणमा पनि खुट्टा अथवा शरीर अन्य अङ्गले बर्जर थिच्नुलाई विवादित नमानिने उनी बताउँछन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : १३ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै