दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचना परिवर्तन गर्ने « Khabarhub

दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचना परिवर्तन गर्ने


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडानको निगरानी र नियन्त्रणका लागि बनाइएका कङ्क्रिटका अवरोधहरूलाई परिवर्तन गर्ने बताएका छन् ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिणपश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा नेभेगेसनका लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल वा अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको थियो । 

यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।   

दक्षिण कोरियाली र अमेरिकी अनुसन्धानकर्ताहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका क्रममा ध्यान धेरै सम्भावित कारणहरूमा केन्द्रित गरिएको छ । विमानहरूलाई उनीहरूको अवतरणमा नेभिगेट गर्न मद्दत गर्न प्रयोग गरिने ‘कङ्क्रीट अवरोध’ पनि दुर्घटनाका लागि जिम्मेवार ठहर गरिएको छ ।

भूमि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष सुरक्षा निरीक्षणले देशभरका सातवटा विमानस्थलमा ‘लोकलाइजर’ कोसुधार आवश्यक रहेको देखाएको छ ।’

मन्त्रालयले लोकप्रिय पर्यटक आकर्षण र राजधानी सियोलको सेवा गर्ने इन्चोनपछि देशको दोस्रो सबैभन्दा ठूलो विमानस्थल मुआनकोेजु अन्तर्राष्ट्रिय विमानस्थलसहितका सात वटा विमानस्थलमा  ‘लोकलाईजर’ र अन्य संरचना सुधारका लागि आवश्यक रहेको भनी समावेश गरेको छ । 

यी संरचना सुधारका लागि जगहरू भूमिगत स्थानान्तरण गर्ने र तिनीहरूलाई हल्का इस्पातका संरचनाहरूसँग प्रतिस्थापन गर्ने” सुझाब दिइएको छ । 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : १७ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने