कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण | Khabarhub Khabarhub

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । 

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए। 

‘चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी सुरु भएपछि हुन्छ,’ उनले भने ‘मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।’

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैत देखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ । 

पक्कि पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए । 

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले  २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । 

जोमसोम देखि कागबेनी–छुसाङ –उपल्लो मुुस्ताङ हुदै चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्र्तगत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो ।

 कोरोना महामारी, प्रतिकुल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए ।  

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् । 

२०७३÷०७४ देखि शुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ । 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : ३३ बजे

लहानमा आमा र छोरा मृत फेला

सिरहा – लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा

बेलायतमा तापक्रम तीव्र वृद्धि

एजेन्सी – बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने

कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार – आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।